वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

परिचय

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।

२०१६ सालमा प्राथमिक विद्यालयको रुपमा संचालनमा आएको वीरेन्द्र माविमा २०२२ सालदेखि मावि तहको अध्ययन हुन थालेको हो । स्थापनाकालको परम्परागत एवम् प्रारम्भिक प्रयत्नबाट आजको अबस्थामा आइपुग्दा वीरेन्द्र माविले आधुनिकताका साथै शैक्षिक उत्कृष्टता समेत हासिल गरिसकेको अबस्था छ । शुरुदेखि नै केही भिन्न पाठ्यक्रम, प्रतिस्पर्धी अध्यापकहरु तथा चुस्त प्रशासन वीरेन्द्र माविका विशेषताहरु मध्ये पर्दथे । यसैको परिणाम स्वरुप नै पछिल्लो समयमा स्नातक तह सम्मको पठनपाठन हुने गरी यसको स्तरोन्नती भएको छ । विद्यालयको एकल आयाम विविधिकृत भई उच्च शिक्षा प्रदान गर्ने संस्थाको रुपमा यसको विकास भैसकेको छ । यस क्रममा वीरेन्द्र माविले नेपाली समाज र राष्ट्रलाई हजारौंको संख्यामा सुयोग्य जनशक्ति उपलब्ध गराइसकेको छ । वीरेन्द्र माविका ती उत्पादनहरु देश विदेशका अनेक कुनामा आफ्नो दक्षता र क्षमता प्रदर्शन गरी गौरवमय स्थानमा रहेका छन् ।

Any question?

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.

© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT